धनुषाका तत्कालीन प्रजिअसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १६ : १९
धनुषाका तत्कालीन प्रजिअसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनीहरुले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमितारभ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

मुद्दा दायर हुनेमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुषाल छन् ।

अख्तियारले मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन विचौलियाको भूमिका खेलेका सुमनकान्त ठाकुरलाई पनि विपक्षी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस