काठमाडौं । बलात्कार मुद्दामा ६ वर्ष कैद सजायको फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–१६ बस्ने अनिल प्रसाद चौरसिया छन् ।
मंगलबार वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २०७६ असार १२ मा उच्च अदालत जनकपुरले चौरसियालाई ६ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला गरेको थियो ।
प्रतिवादीलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ