काठमाडौं । पाकिस्तानमा पछिल्लो केही सातादेखि बाढी पहिरोको चपेटामा पर्दा कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् ।पाकिस्तानकी जलवायुमन्त्रीले देशको एकतिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताउनुभएको छ । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको संख्या एक हजार एक सय ३६ पुगिसकेको अधिकारीहरूले बताएका छन् ।
यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ । बितेको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त संख्या अझै बढ्ने ठानिएको छ । विदेशमन्त्री बिलावल भुट्टो जरदारीले मारिनेमध्ये एकतिहाइ बालबालिका भएको आकलन गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
करिब तीन करोड ३० लाख पाकिस्तानीहरू बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन् । यसको अर्थ प्रत्येक सात जनामध्ये एक पाकिस्तानी नागरिक बाढीले प्रभावित छन् । उत्तरी स्वाट उपत्यकामा पुल तथा सडकहरू बगेपछि गाउँहरू सम्पर्कविच्छेदको अवस्थामा छन् । पर्वतीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई सुरक्षित स्थलतर्फ जान भनिएको छ ।
हेलिकोप्टरको मद्दतले समेत सबैलाई उद्धार गर्न सकिएको छैन । भाग्न सफल मानिसहरू भिडभाडपूर्ण पालहरूमा जम्मा भएका छन् । सिन्ध तथा बलोचिस्तान सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् भने खाइबर पख्तुन्ख्वाको पर्वतीय क्षेत्र पनि निकै प्रभावित भएको छ ।
यो वर्षको मनसुनी वर्षा सन् २०१० को विनाशकारी बाढीसँग तुलना गर्न सकिन्छ । पाकिस्तानको इतिहासमा सबैभन्दा घातक ठानिएको सो बाढीमा २,००० मानिसको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १४ भदौ २०७९, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल