काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना हटाउन थालेको छ ।
बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज अर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ। त्यसका लागि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली सुरज अर्केडमा पुगिसकेको छ । महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ ।
अवैध संरचना भत्काउन डोजर पनि लैजाने तयारी भएको छ । मेयर बालेन साहको नेतृत्वमा महानगरले भदौ ६ गतेदेखि नक्सापासविपरीत निर्मित अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । यसअघि महानगरले नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना भत्काइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र