काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना हटाउन थालेको छ ।
बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज अर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ। त्यसका लागि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली सुरज अर्केडमा पुगिसकेको छ । महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ ।
अवैध संरचना भत्काउन डोजर पनि लैजाने तयारी भएको छ । मेयर बालेन साहको नेतृत्वमा महानगरले भदौ ६ गतेदेखि नक्सापासविपरीत निर्मित अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । यसअघि महानगरले नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना भत्काइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर