काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन