काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसित विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले भेटवार्ता गरेका छन् । उनलाई भेट्न मिश्र आइतबार साँझ ओली निवास बालकोट पुगेका थिए ।
उनीहरूबीच करिब अढाई घण्टा भेटवार्ता भएको मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, ओलीको राजनीतिक यात्रा, जेलजीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नुपूर्व भोगेका जटिलतालगायत विषयमा कुराकानी भएको मिश्रले उल्लेख गरेका छन् ।
ओली सबै विषयमा धाराप्रवाह बोल्न सक्ने भन्दै मिश्रले आफूलाई उनले ‘नआत्तिन’ सुझाव दिएको बताएका छन् । “सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो– तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनु होला,” मिश्रले फेसबुकमा लेखेका छन् ।
मिश्रका अनुसार उनले प्रश्न गरेका थिए, “तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ रु” ओलीले भनेका थिए, “म अहिले पनि राति सुत्नुअघि कम्तीमा एक घण्टा पढ्छु ।”
अन्त्यमा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको चुच्चे नक्सासहितको एक र दुई रुपैयाँको एक मुट्ठी सिक्का अर्को कोठाबाट लेरााएर उपहार दिएको मिश्रले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली