काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि नेकपा एमालेले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन भएको छ।
आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । त्यस्तै बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ ।
२६ साउनमा बसेका एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष÷महासचिव र विभागका सचिव सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प