एजेन्सी । बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति बेहोरेको पाकिस्तानले सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ।
पाकिस्तानमा भीषण वर्षासँगै आएको बाढीका कारण करिब एक हजार जनाको ज्यान गएको छ। लाखौँ मानिस घरबारबिहीन भएका छन्। शनिबार पाकिस्तान सरकारले हालको बाढी विपदलाई राष्ट्रिय आपतकाल घोषणा गरेको थियो।
अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सहितका देशले पाकिस्तानलाई मनसुनी विपदका लागि सहयोग प्रदान गरेका छन्। तर पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले हालसम्म प्राप्त सहयोग विपद व्यवस्थापनका लागि पर्याप्त नरहेको भन्दै थप सहयोगका लागि अपिल गरेको बिबिसीले जनाएको छ।
आन्तरिक मामिलामन्त्री सलमान सुफीका अनुसार पाकिस्तान सरकारले नागरिकलाई सहयोग गर्नका लागि सक्दो प्रयास गरिरहेको बताएका छन्।
यो वर्षको बाढीका कारण पाकिस्तानमा १३ सय ४३ जना घाइते भएका छन्। ३१ किलोमिटर बाटो क्षतिग्रस्त भएको र १४५ पुल भत्किएको पाकिस्तानको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। सर्वसाधारणका पाँच लाख ८१ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
बाढीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी बलुचिस्तान र सिन्ध प्रान्तका रहेका छन्। जलवायु परिवर्तनका कारण मौसमी विपदलाई झन् सघन बनाएको विज्ञहरूले बताएका छन्। पाकिस्तानमा हालका बाढीहरू जलवायुजन्य विपद रहेको उनीहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ भदौ २०७९, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा