एजेन्सी । विश्व गम्भीर परमाणु प्लान्ट दुर्घटनाबाट मुस्किलले जोगिएको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।
रुसको कब्जामा रहेको युक्रेनको परमाणु उर्जा केन्द्र जापोरिझाझिया बिहीबार केही समय युक्रेनको ऊर्जा ग्रिडबाट ‘डिस्कनेक्ट’ हुँदा विकिरण विपदको जोखिम बढेको थियो।
ऊर्जा केन्द्रमा रहेको ‘व्याकअप’ विद्युतका कारण सो दुर्घटना टार्न सकिएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।
आगोले ओभरहेड ऊर्जा लाइन ध्वस्त भएको थियो। त्यसका कारण प्लान्ट ग्रिडबाट बिच्छेद भएको हो। ‘यदी डिजेल जेनेरेटर सञ्चालनमा नआएको भए वा हाम्रा कर्मचारी र अटोमेसनले ब्ल्याकआउट लगत्तै काम नगरेको भए विकिरण दुर्घटना हुने थियो’, राष्ट्रपति जेलेन्स्कीले बिहीबार राति चेतावनी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने