एजेन्सी । पाकिस्तानमा बाढी र वर्षाका कारण अहिलेसम्म ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। त्यस्तै ३० लाखभन्दा बढी मानिस कुनै न कुनै रूपमा यसबाट प्रभावित भएका छन्।
बीबीसी उर्दूको समाचारअनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन्। एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ। यस्तै खैबरका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन्।
जनसंख्याका हिसाबले पाकिस्तानको सिन्ध प्रान्त बाढी र वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानिस प्रभावित भएको जनाइएको छ।
यद्यपि यो केन्द्रको तथ्यांक हो, राज्य सरकारले सिन्ध प्रान्तमा वर्षा र बाढीबाट प्रभावितको संख्या अधिक रहेको बताएको छ। एनडीएमए प्रतिवेदनअनुसार बाढी र वर्षाका कारण ७ लाख ८ हजारभन्दा बढी पशुपक्षी मरेका छन्। यसबाहेक धेरै ठाउँमा सडक पनि बगेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०९ भदौ २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा