एजेन्सी । पाकिस्तानमा बाढी र वर्षाका कारण अहिलेसम्म ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। त्यस्तै ३० लाखभन्दा बढी मानिस कुनै न कुनै रूपमा यसबाट प्रभावित भएका छन्।
बीबीसी उर्दूको समाचारअनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन्। एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ। यस्तै खैबरका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन्।
जनसंख्याका हिसाबले पाकिस्तानको सिन्ध प्रान्त बाढी र वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानिस प्रभावित भएको जनाइएको छ।
यद्यपि यो केन्द्रको तथ्यांक हो, राज्य सरकारले सिन्ध प्रान्तमा वर्षा र बाढीबाट प्रभावितको संख्या अधिक रहेको बताएको छ। एनडीएमए प्रतिवेदनअनुसार बाढी र वर्षाका कारण ७ लाख ८ हजारभन्दा बढी पशुपक्षी मरेका छन्। यसबाहेक धेरै ठाउँमा सडक पनि बगेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०९ भदौ २०७९, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल