एजेन्सी । चीनसँग चलिरहेको विवादका बीच भारतले अमेरिकाबाट करिब तीन अर्ब डलरमा ३० एमक्यू–९बी प्रिडेटर सशस्त्र ड्रोन किन्न लागेको खबर आएको छ ।
यसै क्रममा भारतका विदेशमन्त्री एस जयशंकरले भारत–चीन सम्बन्ध निकै कठिन चरणबाट गुज्रिरहेको र यो सन् १९९० को दशकमा भएका सम्झौतालाई चीनले बेवास्ता गरेकोले सीमा क्षेत्रमा सेना जम्मा गरिरहेको बताएका छन् ।
अगस्टको शुरुमा भारत र अमेरिकाको विशेष बलले हिमाचल प्रदेशको बक्लोहमा ‘वज्र प्रहार’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेको थियो। यससँगै आगामी अक्टोबरमा भारत र अमेरिकाको सेनाले उत्तराखण्डको औलीमा १० हजार फिटको उचाइमा ‘युद्ध अभ्यास’ नामक सैन्य अभ्यास गर्ने र यो सैन्य अभ्यास करिब १०० किलोमिटर हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ भदौ २०७९, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास