एजेन्सी । चीनसँग चलिरहेको विवादका बीच भारतले अमेरिकाबाट करिब तीन अर्ब डलरमा ३० एमक्यू–९बी प्रिडेटर सशस्त्र ड्रोन किन्न लागेको खबर आएको छ ।
यसै क्रममा भारतका विदेशमन्त्री एस जयशंकरले भारत–चीन सम्बन्ध निकै कठिन चरणबाट गुज्रिरहेको र यो सन् १९९० को दशकमा भएका सम्झौतालाई चीनले बेवास्ता गरेकोले सीमा क्षेत्रमा सेना जम्मा गरिरहेको बताएका छन् ।
अगस्टको शुरुमा भारत र अमेरिकाको विशेष बलले हिमाचल प्रदेशको बक्लोहमा ‘वज्र प्रहार’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेको थियो। यससँगै आगामी अक्टोबरमा भारत र अमेरिकाको सेनाले उत्तराखण्डको औलीमा १० हजार फिटको उचाइमा ‘युद्ध अभ्यास’ नामक सैन्य अभ्यास गर्ने र यो सैन्य अभ्यास करिब १०० किलोमिटर हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ भदौ २०७९, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण