काठमाडौं । अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु भएको एक साता नबित्दै पुनः बाढी आउँदा २० जनाको मृत्यु भएको छ ।
मध्य अफगानिस्तानमा गत ४८ घण्टामा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको हो । भारी वर्षाले हजारौँ घर ध्वस्त भएका छन् । अफगानिस्तान यो वर्ष प्राकृतिक प्रकोपबाट गुज्रिरहेको छ ।
गत जुन महिनामा मात्रै खडेरी र विध्वंसकारी भूकम्पले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । गत अगस्टमा देश कब्जा गरेको तालिबान सरकारले विपतको सामना गर्न संघर्ष गरिरहेको छ भने सहयोगका लागि दातृ निकायलाई आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ भदौ २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने