‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गरिँदै

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ०७ : ४६
‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गरिँदै

काठमाडौं । नेपाली कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ गतेसम्म हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरूपको रूपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढंगले अन्तर्क्रिया गर्ने अभियानको उद्देश्य रहेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियान सिर्जना गर्ने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको छ ।

अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने र ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरूप प्रतिनिधि खटाउने व्यवस्था गरिएको उनले बताए ।
केन्द्रीय प्रतिनिधिले अभियान शुरू हुनुभन्दा २ दिनअघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्ने र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी १५ दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरू कम्तीमा ५ दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनेछन् ।

जिल्लाको सबै निर्वाचन क्षेत्र ९एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्रको निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागिता रहनेछ । १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र १ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशनरमहासमितिरप्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर ऐक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपिल गर्नेछन् ।

केन्द्रीय प्रतिनिधिले गठबन्धनमा रहेका दलबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरी थप सहज बन्नरबनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्ने, निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपूर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपिल गर्ने जिम्मेवारी रहेको छ ।केन्द्रीय प्रतिनिधिले अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र सङ्गठित रुपले कार्यान्वयन गर्नरगराउन जिल्ला समिति एवं मातहतका समितिलाई सहजीकरण गर्ने र पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोही कसैबाट भएको थियो । 

आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोही कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने पार्टी कार्यालयले जनाएको छ । अभियान अवधिमा आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन व्यवस्थित ढंगले सम्पादन गर्नुपर्ने ७ जरुरी कार्यहरूबारे पार्टीको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ । अभियान केन्द्रीकृत नभई विकेन्द्रित गरिने छ । भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरूपमा गरिनेछन् ।

जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आकलन गरेर कहीँ जिल्लास्तरीय रुपमा, कहीँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिने प्रवक्त डा। प्रकाशशरण महतले जानकारी दिए ।अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने, कतिपय भ्रातृरसंघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ती संघअन्तर्गत विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने बताइएको छ ।