काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन ।
शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताए। उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
उनले फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।
उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
कांग्रेस विभाजन गर्ने सपना कसैले नदेखे हुन्छः महामन्त्री शर्मा
जेनजीका माग कांग्रेसले सम्बोधन गर्छ : महामन्त्री शर्मा
सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैनः महामन्त्री शर्मा
गणतन्त्रको विकल्प छैन: महामन्त्री शर्मा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा