कोरोना अपडेट : थप ५४२ जनामा संक्रमण पुष्टि, ४२१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १६ : १७
कोरोना अपडेट : थप ५४२ जनामा संक्रमण पुष्टि, ४२१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टिजेन विधिबाट ३१८ जनामा गरी ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ ।