एजेन्सी । अत्याधिक तापक्रम वृद्धिको चपेटामा परेको चीनले औद्योगिक प्रान्त सिछुआनका सबै उद्योगहरू ६ दिन बन्द गर्न आदेश दिएको छ ।
प्रान्तीय सरकारले उर्जा संकट टार्नका लागि उद्योगहरू बन्द गर्न आदेश दिएको हो । सिछुआनमा एप्पल, फक्सकोन र इन्टेललगायतका विश्व प्रसिद्ध कम्पनीहरूका कारखाना रहेका छन् । सोही प्रान्तका उद्योगहरू बन्द हुँदा विश्व बजारमा विद्युतीय सामाग्रीको अभाव हुनसक्ने आशंका गरिएको छ ।
साथै विद्युतीय कारको ब्याट्रिका लागि अत्यावश्यक लिथियम र सोलार प्यानलका लागि आवश्यक पोलिसिलिकनका प्रशोधन केन्द्र पनि सोही प्रान्तमा रहेका छन् । विगत ६० वर्षमा सबै भन्दा बढी तापक्रम वृद्धिको चपेटामा परेको चीनका दर्जनौं शहरमा अहिले तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ । जसका कारण जनजीवन कष्टकर बनेको छ भने उर्जा संकट पनि बढेको छ ।
सिछुआनका साथै, चियाङ्सु,आन्हुई र चचियाङ प्रान्तमा उर्जा संकट देखिएको छ । केही प्रान्तीय सरकारहरूले सडकमा बत्ति नबाल्न समेत आदेश जारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ भदौ २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल