एजेन्सी । टर्कीको सेनाले सिरियाको सीमा चौकीमा गरेको हवाई हमलामा १७ जना लडाकुको मृत्यु भएको एक युद्ध अनुगमन निकायले जनाएको छ । ‘टर्कीको सीमा नजिकै सिरियाली सरकारी चौकीहरूमा टर्कीले गरेको हवाई आक्रमणमा १७ जना लडाकू मारिएका छन्’, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ ।
टर्कीको हवाई आक्रमणको सिरियाले बदला लिने जनाएको छ । पीडितहरू सरकार वा कुर्दिस सेनासँग सम्बद्ध थिए वा थिएनन् भन्ने बारेमा केही खुलाइएको छैन ।
‘टर्कीको आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिकको मृत्यु भएको र ६ जना घाइते भएका छन् । हाम्रो सशस्त्र बलद्वारा सञ्चालित सैन्य चौकीमा कुनै पनि आक्रमण भएमा सबै मोर्चाहरूमा प्रत्यक्ष र तत्काल जवाफ दिइनेछ’, सानाले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ भदौ २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु