एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो सवारी दुर्घटना हो ।
दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त सडक खण्डमा लामो समय सवारी आवगमन ठप्प भएको थियो ।
‘लाहोरबाट कराँची जाँदै गरेको बस र तेल ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको छ’, उद्धारकर्ताले भने । दुर्घटनाका घाइतेका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ साउन २०७९, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा