एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो सवारी दुर्घटना हो ।
दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त सडक खण्डमा लामो समय सवारी आवगमन ठप्प भएको थियो ।
‘लाहोरबाट कराँची जाँदै गरेको बस र तेल ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको छ’, उद्धारकर्ताले भने । दुर्घटनाका घाइतेका अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ साउन २०७९, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल