नेप्से फेरि ओरालो यात्रामा, २०० कम्पनीले ५ प्रतिशतसम्मले गुमाए

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १५ : ५३
नेप्से फेरि ओरालो यात्रामा, २०० कम्पनीले ५ प्रतिशतसम्मले गुमाए

काठमाडौं । शेयर बजारको मापक नेप्से परिसूचकको वृद्धि एक दिन मात्रै टिकेको छ । पछिल्लो एक सातादेखि लगातार घटिरहेको नेप्से परिसूचक सोमवार ५५.८८ अंकले बढे पनि मंगलवार पुनः घटेको छ । सोमवार २०६५.६९ विन्दुमा पुगेको नेप्से मंगलवार २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा आइपुगेको छ । 

मंगलवार नेप्से १.२० प्रतिशतले घट्दा कारोबार भने ६४ लाख कित्ताको भएको छ । यसबाट कुल २ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । मंगलवार बजार घटेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीले भने सबैभन्दा बढी कमाएको छ । यो कम्पनीले ९.९९ प्रतिशतले कमाउँदा अन्य २१ कम्पनीले ०.०३ प्रतिशतदेखि ४.०२ प्रतिशतसम्मले कमाएका छन् । 

मंगलवार बजार घटेका कारण नेप्सेमा २२१ कम्पनीले कारोबार गर्दा २०० वटा कम्पनीले भने गुमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा युनिलिभर नेपालको ५.६२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस