काठमाडौँ । काठमाडौँबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ। काठमाडौँबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले उडानमा रोक लगाएको हाे।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ती यात्रुमा काेराेना देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो ।
यति एयरलायन्ससँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौँ -कुन्मिङ उडान अनुमति दिएको थियो ।
काेराेनाका कारण चीनले दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको थियो। चीनले गत महिनादेखस छेन्दु र कुन्मिङका लागि सातामा एक-एक गरी नेपाल उडान खुला गरेको छ।
चीन जाने यात्रुले काठमाडौँमा रहेका चारवटा अस्पतालमा पीसीआर परीक्षण गरेर मात्र यात्रा गर्न पाउँछन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ साउन २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु