चितवन । भरतपुर महानगरपालिकाको लेखा समितिले क्रियाशिलता बढाएको छ । लेखा समितिले महानगरभित्र निर्माणधिन सडक पूर्वाधार, तटबन्धन, मोज्याक टायल बिछाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने तालिका रहेको छ ।
गत असार १२ गते सम्मपन्न ११ औँ नगरसभाले ३ वटा समिति निर्माण गरेको थियो । सभाले लेखा समिति, न्यायिक समिति र सुशासन समिति निर्माण गरेको थियो । वडा नम्बर १ का अध्यक्ष केशव महर्जन संयोजक रहेको समितिमा वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का अध्यक्ष यामलाल कँडेल र भरतपुर महानगरका लेखा प्रमुख जगन्नाथ अर्याल सदस्य सचिव रहेका थिए ।
समितिले महानगरमा भएको बेरुजुको अध्ययन गर्ने, कस्तो कस्तो बेरुजु फछ्र्यौट गर्ने, नियमित प्रकृतिको बेरुजुलाई फछ्र्यौट गर्ने गरी तयारी गरिएको समितिका सदस्य सचिव जगन्नाथ अर्यालले जानकारी दिए ।
समितिले तयार पारेको बेरुजुको फर्छयौट गर्न कार्यापालिका बैठकमा पेश गर्ने गरी आफ्ना कामहरुलाई अगाडि बढाएको छ । नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परिक्षकको कार्यालयबाट खटिएको टोलीले पुनः अवलोकन गरी फर्छयौट गर्दछ । महानगरको आर्थिक वर्ष ०७७-०७८ मा ० दशमलव ५६ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बेरुजु रकम छ ।
लेखा समितिको क्रियाशिलताले बेरुजुमा कमी आउने, पारदर्शिता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार ६ महानगर मध्ये सबैभन्दा कम बेरुजु भरतपुरको छ । समितिका सदस्य सचिव अर्यालले बेरुजु तत्काल फर्छयौट गर्ने परिपाटीको विकासले गर्दा बेरुजु कम भएको बताए ।
ऐन नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फर्छयौटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता