चितवन । भरतपुर महानगरपालिकाको लेखा समितिले क्रियाशिलता बढाएको छ । लेखा समितिले महानगरभित्र निर्माणधिन सडक पूर्वाधार, तटबन्धन, मोज्याक टायल बिछाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने तालिका रहेको छ ।
गत असार १२ गते सम्मपन्न ११ औँ नगरसभाले ३ वटा समिति निर्माण गरेको थियो । सभाले लेखा समिति, न्यायिक समिति र सुशासन समिति निर्माण गरेको थियो । वडा नम्बर १ का अध्यक्ष केशव महर्जन संयोजक रहेको समितिमा वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का अध्यक्ष यामलाल कँडेल र भरतपुर महानगरका लेखा प्रमुख जगन्नाथ अर्याल सदस्य सचिव रहेका थिए ।
समितिले महानगरमा भएको बेरुजुको अध्ययन गर्ने, कस्तो कस्तो बेरुजु फछ्र्यौट गर्ने, नियमित प्रकृतिको बेरुजुलाई फछ्र्यौट गर्ने गरी तयारी गरिएको समितिका सदस्य सचिव जगन्नाथ अर्यालले जानकारी दिए ।
समितिले तयार पारेको बेरुजुको फर्छयौट गर्न कार्यापालिका बैठकमा पेश गर्ने गरी आफ्ना कामहरुलाई अगाडि बढाएको छ । नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परिक्षकको कार्यालयबाट खटिएको टोलीले पुनः अवलोकन गरी फर्छयौट गर्दछ । महानगरको आर्थिक वर्ष ०७७-०७८ मा ० दशमलव ५६ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बेरुजु रकम छ ।
लेखा समितिको क्रियाशिलताले बेरुजुमा कमी आउने, पारदर्शिता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार ६ महानगर मध्ये सबैभन्दा कम बेरुजु भरतपुरको छ । समितिका सदस्य सचिव अर्यालले बेरुजु तत्काल फर्छयौट गर्ने परिपाटीको विकासले गर्दा बेरुजु कम भएको बताए ।
ऐन नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फर्छयौटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान