जुम्ला । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेकाे छ । महतलाई चन्दननाथ नगरपालिका–५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
पीडित बालिकाकी आमाले पनि महत्तविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन् । आरोपित महतले पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्नेगरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए ।
आमाले जुम्लामै दोस्रो बिहे गरेकाले बालिका पनि जाजरकोटकाे कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन् ।उनकी आमाले बजारमा व्यापार गर्छिन । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई महतले लगेका थिए ।
पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक बलात्कार गरेका थिए । महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिन गर्थे ।
छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने विष खाएकी थिइन । उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएकाे थियाे । घटना मिलाउन आराेपी महतले बालिकाकाे बैंक खाता सात लाख रुपैयाँ राखिदिएकाे स्राेतकाे भनाइ छ । बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
लागू औषधसहित दुईजना पक्राउ
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
२ सय ७२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ