सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेशका प्रमुख तिलक परियारसमक्ष आइतबार मन्त्री शाहीले पदको शपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।
यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो । त्यसपछि शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’