५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, ०७ : ५१
५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौं । सरकारले ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागेको छ । यसअघि २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाएको सरकारले बाँकी ५० जिल्लाका बालबालबालिकालाई पनि खोप लगाउन लागेको हो ।

त्यसका लागि भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिने जनाएको छ । प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुरमा खोप सञ्चालन हुने छ ।

यस्तै मधेश प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला र बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुने छ । गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइने छ भने सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।