तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्न कांग्रेस मधेस प्रदेशको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, १३ : १८
तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्न कांग्रेस मधेस प्रदेशको आग्रह

रौतहट । नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्न अनुरोध गरेको छ ।

नेपाली काँग्रेस मधेस प्रदेश कार्यसमितिका सभापति कृष्णा यादवको सभापतित्वममा कार्यसम्पादन समितिको प्रदेश कार्यालय धनुषाको जनकपुरमा बसेको बैठकले संसदको दुइवटै सदनबाट पारितभई राष्ट्रपनि समक्ष प्रमाणीकरणको लागि पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी विचाराधिन राखेको प्रति असंतुष्टि जनाउँदै यसलाई प्रमाणीकरण गर्नको लागि अनुरोध गरेको छ ।

बैठकले नेपाली कांग्रेसका सभापति शेर कहादुर नेतृत्वको सरकारले नागरिकता विधेयक पारित गराउन सफल भएकोमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई विशेष धन्यवाद दिएको सुचना , सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार बैठकले नेपाली कांग्रेसको सहयोग र सहभागितामा बनेको मधेस सरकार माथि अनियमितता लगायतका विषयमा आम जनमानस र सरकारका अंग र निर्णयकर्ताहरु माथि भ्रष्ट्रचारको मुद्धा दर्ता भएको प्रति गम्भिर ध्यानाकर्षण गर्दै सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुको कार्यसम्पादनबाट आम नागरिक र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु समेत संतुष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस