एजेन्सी । महिला शिक्षाको पक्षमा रहेका अफगानिस्तानका प्रमुख धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको हत्या भएको छ। राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा धर्मगुरु हक्कानीको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्लाष्टिकको कृतिम गोडामा बिस्फोटक पदार्थ लुकाएर ल्याएका व्यक्तिले आफैलाई बिस्फोट गराएर शेख हक्कानीको हत्या गरेको तालिबान अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्।
बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले आक्रमणको जिम्मेवारी लिएको छ। हक्कानीको कार्यालय भित्रै बिस्फोट गराएको आइएसले बताएको हो। स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार बिस्फोट राजधानी काबुलमा रहेको एक मदरसामा भएको हो।
शेख हक्कानी अफगानिस्तानमा तालिबान शासनको पक्षमा थिए र उनले महिला शिक्षाको पक्षमा अभिव्यक्ति दिँदै आएका थिए। उनले महिला शिक्षाको पक्षमा धार्मिक अभिव्यक्ति ‘फत्वा’ जारी गरेका थिए।
गएको वर्ष तालिबान सत्तामा आएपछि हत्या हुने उनी उच्चस्तरका व्यक्ति हुन्। उनको बिद्रोही समूह हक्कानीसँग भने कुनै सम्बन्ध छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २७ साउन २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानी आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु