काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान हात्तीवनस्थित एक घरमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको हो । बैठकमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यसक्रममा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।
माओवादीनिकट स्रोतका अनुसार करिव एक घण्टा भएको भेटवार्तामा भट्टराईले मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका थिए । त्यसको जवाफमा प्रचण्डले ‘सल्लाह गरेर निष्कर्षमा पुगौँला’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’