काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।
चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । यो भाइरसबाट संक्रमितहरुमा ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने जस्ता लक्षणहरु देखिएको छ ।
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्टअनुसार श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस २७ प्रतिशत पाइएको छ । कुकुरमा पाँच प्रतिशत र बाख्रामा दुई प्रतिशत पाइएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ साउन २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक