काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार (आज) बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।
बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।
एमालेले यसअघि निर्वाचन लक्षित सातै प्रदेशमा कार्याकर्तालाई प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणको समेत समिक्षा गरिने एमाले नेताहरुले बताएका छन् । प्रशिक्षणका लागि एमालेले सातै प्रदेशमा उपाध्यक्षहरूलाई खटाएको थियो ।
जसमा प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीलाई खटाएर प्रशिक्षण चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प