रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

एजेन्सी

विहीबार, २६ साउन २०७९, ०७ : ४६
रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

flle Pic

एजेन्सी । आफ्नो करियरको ३२४ औँ गोल गर्दै करिम बेन्जेमाले युइएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन्।

बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २(० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो। रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक(एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन्। उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस