काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पहिलो केन्द्रीय समिति बैठक बोलाएको छ। साउन २१ गते शनिबार केन्द्रीय समिति बैठक बोलाएको भट्टराई निकट मानिने नेता विश्वदीप पाण्डेले जानकारी दिए।
पार्टी पुनर्गठन गर्ने निर्णय भएको झण्डै एक महिनापछि पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकमा पार्टी संगठन, आगामी चुनाव र समसामयिक बिषयमा छलफल हुने नेता पाण्डेले बताए।
असार २९मा काठमाडौंमा बसेको जनता समाजवादी पार्टीको भट्टरार्ई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवबाट रुपान्तरण सम्भव नभएको भन्दै नयाँ पार्टी बनाउने निर्णय गरेको थियो ।
भट्टराईको समूहले यसअघि दर्ता भएको पार्टीको नाम परिवर्तन गर्दै साउन १२ गते निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरिसकेको छ ।नयाँ पार्टी दर्ता भए पनि कस्तो र कुन खाले पार्टी बनाउने भन्नेबारे स्पष्ट खाका बनाउन सकेको छैन।
कसरी अघि बढ्ने भन्ने सन्दर्भमा निर्णय लिन नेपाल बैठक बोलाएको पाण्डेको भनाई छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...