बेइजिङ । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो । ४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’ प्रहरी विज्ञप्तिमा भनिएको छ । -एजेन्सी


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ साउन २०७९, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास