कर्णालीमा फेरि बढ्न थाले कोरोना सङ्क्रमित

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १४ : ३४
कर्णालीमा फेरि बढ्न थाले कोरोना सङ्क्रमित

काठमाडौँ ।  साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ  । केही महिनायता स्थिर रहेको सङ्क्रमण बिस्तारै  बढ्दो क्रममा  छ ।

 सरदर  सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना सङ्क्रमित भेटिएको बताए। “साउनदेखि प्रत्येक दिन जसो सङ्क्रमित भेटिने गरेका छन्।“पछिल्लो १५ दिनको अवधिमा प्रदेशभर ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश सङ्क्रमित सुर्खेतका छन् । यहाँ दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतभन्दा माथि सङ्क्रमणदर देखिएको छ ।  सङ्क्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरिएको छ ।
सङ्क्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन । पिसिआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ । वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस