काठमाडौ । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् ।
बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १६ सय हेक्टरको बालीमा पनि क्षति भएको छ । प्रान्तका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले थप बाढीको चेतावनी दिइएको छ ।
मुसलधारे वर्षा हुने क्रम जारी रहेकाले थप क्षति हुनसक्ने भन्दै ७० हजार मानिसलाई सुरक्षित स्थानतर्फ समेत सारिएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ साउन २०७९, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु