काठमाडौ । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् ।
बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १६ सय हेक्टरको बालीमा पनि क्षति भएको छ । प्रान्तका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले थप बाढीको चेतावनी दिइएको छ ।
मुसलधारे वर्षा हुने क्रम जारी रहेकाले थप क्षति हुनसक्ने भन्दै ७० हजार मानिसलाई सुरक्षित स्थानतर्फ समेत सारिएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ साउन २०७९, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल