एजेन्सी । पाकिस्तानमा लगातार वर्षा हुँदा कम्तीमा ३५७ जनाकाे मृत्यु भएकाे छ भने ४०० जना घाइते भएका छन्। पाकिस्तानमा पछिल्लाे पाँच सातादेखि लगातार भारी वर्षा भइरहेकाे पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्।
मानवीय क्षतिबाहेक, पूर्वाधार, सडक सञ्जाल र घरहरू पनि १४ जुनदेखिकाे भारी वर्षा र अचानक बाढीका कारण क्षति भएका छन्। कूल २३,७९२ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्, हजारौँ मानिस विस्थापित भएका छन्।
प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार ट्विट गर्दै पाकिस्तानले जलवायु परिवर्तनको चुनौतीको सामना गरिरहेको र वर्तमान बाढीको समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हाे, जहाँ १०६ जनाले ज्यान गुमाएका छन्। त्यसपछि दक्षिणी सिन्ध प्रान्तमा ९० जनाको मृत्यु भएकाे छ।
पूर्वी पञ्जाब प्रान्तमा ७६ जना, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ७० जनाको मृत्यु भएको छ भने देशका अन्य भागहरूमा १५ जनाको मृत्यु भएको एनडिएमएले जनाएको छ।
यसैबीच, पाकिस्तानी सेनाको साथमा सम्बन्धित सहरहरूमा नागरिक प्रशासनले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यहरू गरिरहेको छ। पाकिस्तानमा भएको ठूलो क्षतिको ध्यानाकर्षण गर्दै प्रधानमन्त्रीले मनसुनी वर्षा र बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ साउन २०७९, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी
भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ
भारत- पाकिस्तान तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने