काठमाडौं । काठमाडौंको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका(३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका(४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका(७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाने क्रममा सोही बसमा सवार अपरिचित ५ जनाको समूहले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले लुटपाट गरेको उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
हाल फरार घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १२ साउन २०७९, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ