काठमाडौं । आर्सनलका प्राबिधिक निर्देशक इडुले च्याम्पियन्स लिगमा स्थान बनाउन नसकेपनि क्लबले नयाँ सिजनका लागि म्यानचेस्टर सिटीबाट गाब्रियल जिसस र ओलेक्जेन्डर जिनचेन्कोलाई अनुबन्ध गर्न सफल भएकोमा उत्साही रहेको बताएका छन् ।
साथै उनले आर्सनल राफिन्हा भित्राउने दौडमा भने कहिले नलागेको बताए । राफिन्हा हाल स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा अनुबन्ध भइसकेका छन् ।
आर्सनलले पाँचौ स्थानमा रहँदै गत सिजनको अन्त्य गरेको थियो । क्लबले आर्सनलले जिसस र जिचेन्कोसँगै पोर्टोका फाबियो भियरा, इङ्ग्ल्यान्डका गोलकिपर म्याट टर्नर र साउ पाउलोका विंगर मार्किन्होसलाई पनि अनुबन्ध गरेको छ ।इडुले आफूहरू यससिजन च्याम्पियन्स लिगका लागि छनोट नभए पनि खेलाडी अनुबन्धमा भने त्यसको कुनै प्रभाव नदेखिएको बताए ।
‘टोली बलियो बनेको छ, ‘केही खेलाडीको इच्छा च्याम्पियन्स लिग खेल्ने हुन्छ र यो स्वभाविक पनि हो । तर, यसपटक हामीले भित्र्याएका खेलाडीले त्यस्ता सर्त राखेनन् । उनीहरुले सहजै हाम्रो प्रस्ताव स्विकार गरे । आशा छ यस सिजन शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउनेछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १२ : ४२
लेखकबाट थप