जनकपुरधाम । महोत्तरीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका १० बस्ने २७ वर्षीय प्रदीप सेन्चुरी, उनकी श्रीमती २६ वर्षीया दिलमाया भुजेल, २२ वर्षीय विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
आइतबार दिउँसो साढे १२ बजे औरही नगरपालिका–४ कठुधारस्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पैदल यात्री तीनै जनालाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट नाइट्राभेट ट्याब्लेट ९९ पिस बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा