वन मन्त्रालयले रोकेको विकासको काममा निकास दिन मेयर दाहालको आग्रह

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १५ : १४
वन मन्त्रालयले रोकेको विकासको काममा निकास दिन मेयर दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरभित्रका विकासका काममा वन मन्त्रालयले रोक लगाएको विषयबारे वन तथा वातावरणमन्त्री प्रदिप यादवलाई ध्यानाकर्षण गराएकी छन।

मेयर दाहालले भरतपुरमा भइरहेको विकासको काममा वन मन्त्रालयले आवश्यक सहजीकरण गरेर निकास दिन आग्रह गरिन् । आईतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित विकास बहसबारे अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले भरतपुरका महत्वपूर्ण विकास निर्माणको काम भइरहेको क्षेत्रमा पर्ने रुख कटान गर्नुपर्ने भएकाले यसका लागि प्रकृया अगाडि बढाएर निकास दिन आग्रह गर्दै मन्त्री यादवको ध्यानर्काषण गराएका छन।

‘भरतपुरमा निर्माणधिन रिङरोडमा रुखहरु परेका छन् । ‘ उनले भनिन्, ‘त्यस्तै सिक्स लेन सडकमा पनि केही रुख काट्नुपर्ने छ । सुकुम्बासीलाई जग्गा दिने ठाँउमा पनि रुखहरु परेका छन् । यसका लागि मन्त्रालयले सहजीकरण गरिदिनु प¥यो ।’मेयर दाहालले भरतपुर महानगरपालिकासँग जोडिएको नगरवनलाई अन्तर्राष्ट्रिय मापदण्डको पार्क निर्माण गर्न खोजेको उल्लेख गरिन्। ‘नाम नै नगरवन छ’,उनले भनिन् ,‘तत्कालिन मेयरले वृक्षरोपण गरेर बनेको वन हो यो । वन मन्त्रालयले महानगरपालिकाको वनको रुपमा सहमति दिन अनुरोध गर्छु । पार्क निर्माण गर्न स्वदेशी र विदेशी लगानीकर्तासँग छलफल गरी लगानी गर्न प्रस्ताव पनि गरेका छौ ।’मेयर दाहालले  नगरवन क्षेत्रसँग जोडिएको क्षेत्रमा अटोभिलेज निर्माणका लागि मास्टर प्लान बनाएर अहिले वातावरणीय प्रभाव मूल्याङकन (इआइए) को प्रकृयामा रहेकाले यस विषयलाई पनि सहजीकरण गर्न आह्वान गरिन् ।

यस्तै गोलाघाट–नवलपुर जोड्ने पुल, जलदेवि सामुदायिक वनमा निर्माण हुन लागेको ल्याण्डफिल्ड साईड र नारायणी तटबन्धनको काम पनि सहजीकरण गर्न ध्यानाकर्षण गरेकी थिइन्।

जवाफमा वन तथा वातावरणमन्त्री प्रदिप यादवले विकासको काममा वन मन्त्रालय बाधक नबन्ने बताए ।कानुनी जटिलताहरुलाई हल गर्दै मन्त्रालयले फिल्डमा गई समस्याको वैकल्पिक समधान खोज्ने पनि मन्त्री यादवले उल्लेख गरे ।मन्त्री यादवले माडीमा देखिएको सडक, पुल, विद्युतिकरण लगायतको विषयमा समस्याको समधान गर्न मन्त्रालय अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सोही कार्यक्रममा वन मन्त्रालयका सचिव डा प्रेम कँडेलले अहिले देखिएका समस्याको समधानको लागि मन्त्री स्तरबाट गर्न सक्ने मन्त्रीस्तरबाट, मन्त्रीपरिषदबाट गर्न मिल्ने मन्त्रीपरिषद र प्रतिनिधि संसदमा लानुपर्ने विषय त्यहीबाट टुङ्गो लगाईने वन मन्त्रीबाट निर्देशन आएकाले त्यही आधारमा अघि बढ्ने बताए ।

कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, हुलाकी सडक आयोजना प्रमुख धर्मेन्द्र कुमार झा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस