संसदीय छानबिन समिति : आज शर्मासँग छलफल गर्ने

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, ०८ : ३१
संसदीय छानबिन समिति : आज शर्मासँग छलफल गर्ने

काठमाडौं । संसदीय विशेष छानबिन समितिको आज बस्ने बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ।  

बुधबार समितिले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसँग छलफल गरेको थियो। आजको बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्न लागेको हो।  

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोपमा छानबिन गर्न संसदीय छानबिन समिति बनेको हो।

संसदीय छानबिन समितिमा ११ सदस्य छन्। तत्कालीन अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो। आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस