काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव स्वीकृत भएको उनले घोषणा गरेका छन् ।गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।
नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय यअी साउन ११ गते सकिँदैछ ।
समय अगावै ७ दिन समय थपेर साउन १९ गतेसम्म पुर्याउन लागिएको हो । साउन १९ गते समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने गरी म्याद थप्न लागिएको हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि राजीनामा वा अवकाशपछि २ वर्ष कुलिङ पिरियड लागु हुने गरी विधेयक पारित गरेको थियो । तर, विधेयकमा कुलिङ पिरियडको प्रावधान नै निश्कृय हुने भाषा समेत परेको भनेर प्रश्न उठ्यो । यही प्रश्नउपर छानबिन गर्न प्रतिनिधि सभाले कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा समिति गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियड संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
कुलिङ पिरियडको विपक्षमा उच्च पदस्थ कर्मचारीहरू