काठमाडौं । विप्लव नेतृत्वको नेकपासहितका साना दलहरुको ‘वाम गठबन्धन’ ले बिहीबार संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपरान्ह बस्ने बैठकले आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ ।
यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरुले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो । गठबन्धन गर्ने वामपन्थी दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?