'निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ' : ईश्वर पोखरेल

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १० : ५०
'निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ' : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको  बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।’आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै उनले निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उनले भने, ‘निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नम्बर १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस