काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० लाई पूर्णता दिनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवा इतर समूहले राजधानीमा भेला राखेको छ ।
नेविसंघको अध्यक्ष पदमा मात्रै सभापति देउवाले मनोनयन गरेर कच्चा काम गरेको उनीहरुको आरोप छ ।सोमबार वाल्मिकी क्याम्पस प्रर्दशनी मार्गमा भेलाको संयोजन गरेकी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले नेपाल विद्यार्थी संघ नेतृत्व बिहीन बनेको भन्दै छिटो भन्दा छिटो पूर्णता दिन आह्वान गरिन् ।
ढकालले अध्यक्ष मात्रैले सिङ्गो संगठनको प्रतिनिधित्व गर्न नसक्ने बताइन् । नेपाल विद्यार्थी संघको सभापति भएर पटक–पटक पार्टी सभापतिका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले नेविसंघको पूर्णतामा जाँगर नदेखाएकोमा दुख व्यक्त गरिन् ।
भेलामा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दिपक भट्टराई, नेविसंघ पूर्वकेन्द्रीय सदस्य एलिजा ढकाल, सुशील तिमल्सिना, पुजन गन्दर्भ, प्रतिमा भट्ट, महाधिवेशन प्रतिनिधि पुजा फुयाँल, त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य पंकज क्षेत्री, नेविसंघ नेता किशोर गुरुङ, जगत शंकर पौडेल, राजेश्वर कमली,प्रबिण घिमिरे लगायतको उपस्थित थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस