कुश्मा । पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिबार दिउँसो करेण्ट लागेर ज्यान गएको हो ।
गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् ।
उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु