काठमाडौं । जसपा नेपालबाट निष्काशनमा परेका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूहरुको सामू अब पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले कारबाहीको घोर भर्त्सना पनि गरेका छन् ।
‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन ।’
भट्टराईले पार्टी रुपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यहरूलगायत सबैलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल पनि गरेका छन् । यादव पक्षको वीरगन्ज बैठकले भट्टराईसहित उनीपक्षीय ९ नेतालाई कारबाहीको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव