अब पार्टी पुनर्गठनको विकल्प रहेन : बाबुराम भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, २१ : ५६
अब पार्टी पुनर्गठनको विकल्प रहेन : बाबुराम भट्टराई

काठमाडौं । जसपा नेपालबाट निष्काशनमा परेका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूहरुको सामू अब पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले कारबाहीको घोर भर्त्सना पनि गरेको छ । 

‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन ।’

भट्टराईले  पार्टी रूपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यहरूलगायत सबैलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस