काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट निवेदनमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश गर्नुपर्ने हो होइन ? मागबमोजिम आदेश जारी गर्नै नपर्ने हो भने १५ दिनभित्र प्रमाणसहित जवाफ पेस गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आगामी ८ साउनमा निर्वाचन आयोग र निवेदक राप्रपा नेपालका अध्यक्ष थापालाई छलफलका लागि उपस्थित हुन आदेश गरेको छ ।
राप्रपा अध्यक्ष थापाले चुनाव चिह्न गाई माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटमा निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, चन्द्रकान्त ज्ञवाली, सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू टीकाराम भट्टराई, नरप्रसाद थापा र भुपेन्द्रप्रसाद पोखरेलले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने
मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
मधेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
सर्वोच्च र काठमाडौँ जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी दर्ता
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ