काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट निवेदनमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश गर्नुपर्ने हो होइन ? मागबमोजिम आदेश जारी गर्नै नपर्ने हो भने १५ दिनभित्र प्रमाणसहित जवाफ पेस गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आगामी ८ साउनमा निर्वाचन आयोग र निवेदक राप्रपा नेपालका अध्यक्ष थापालाई छलफलका लागि उपस्थित हुन आदेश गरेको छ ।
राप्रपा अध्यक्ष थापाले चुनाव चिह्न गाई माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटमा निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, चन्द्रकान्त ज्ञवाली, सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू टीकाराम भट्टराई, नरप्रसाद थापा र भुपेन्द्रप्रसाद पोखरेलले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश