सुशासन र पारदर्शिताका प्रत्याभूति गर्नेगरी विज्ञान प्रविधिको प्रयोग गरौँ : जगन्नाथ खतिवडा

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १३ : ५९
सुशासन र पारदर्शिताका प्रत्याभूति गर्नेगरी विज्ञान प्रविधिको प्रयोग गरौँ : जगन्नाथ खतिवडा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वअर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सिसिटिभीका धेरै फुटेजहरू हराएर देशलाई कमजोर बनाएको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सिसिटिभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरण अन्तर्गत सिसिटिभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताए।

उपमहासचिव खतिवडाले भने, ‘सुशासन र पारदर्शिताका प्रत्याभूति गर्नेगरी विज्ञान प्रविधिको प्रयोग गरौँ। सिसिटिभी विज्ञानको एउटा प्रकरण, सिसिटिभीको फुटेज हराएको अर्को प्रकरण। जिन्दगीमा धेरै फुटेजहरू हामीले हराउँदै गएका छौँ। र आफूलाई कमजोर पारेका छौँ। सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन। । विज्ञानको अधिकतम उपयोग गरेर नै सम्भव छ। यतातिर ध्यान केन्द्रिकृत गर्नुपर्छ।’

उपमहासचिव खतिवडाले फरक प्रसंगमा नेपालको दक्षिण, पूर्व र पश्चिमको सीमाना यही हो भन्ने सक्नुहुन्छरु भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्नसमेत गरे।

प्रतिक्रिया दिनुहोस