रूपन्देही । नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।
रुपन्देही कञ्चन गाउँपालिका-४ बनकसियास्थित आईतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरुले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका-४ बनकसिया डिहोमा लुकि छिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धनाको क्रममा विजयले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगि बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ